मधेश कास्की सम्पर्क समाजकाे दाेस्राे वार्षिकाेत्सव

पाेखरा । मधेश कास्की सम्पर्क समाजले दाेस्राे वार्षिकाेत्सव मनाएकाे छ ।
शनिवार भएकाे कार्यक्रमका प्रमुख अतिथि मधेश आयोग कार्यबाहक अध्यक्ष जीवछ शाहले नेपालकाे ३३ प्रतिशत भूभाग ओगटेकाे तराई क्षेत्रमा ५३% मानिस बसाेवास गर्ने गरेकाे बताए । उनले छठ पर्व जितिया पर्व लगायतका मधेशी समूदायले मनाउने पर्वहरु अहिले अन्य समूदायले पनि मनाउने गरेकाेमा खुसि व्यक्त गरे ।
उनले निजामति सेवामा मधेशी जनताहरु कम भएकाे बताउँदै निजामति सेवामा लाग्न मधेशी जनतालाई प्रेरित गरे ।
‘८ प्रतिशत मधेशी जनता निजामति सेवामा छन् । यसमा पनि प्रशासनिक क्षेत्रमा कम प्राविधिक क्षेत्रमा बढि छन् । जसमा महिलाकाे संख्या न्यून छ । त्यसैले निजामति सेवामा लाग्नकाे लागि म सुझाव दिन्छु ।’उनले भने -‘निजामति सेवामा लाग्नकाे लागि आफू लगनशिल भएर अध्ययनमा लाग्नुस तर कसैकाे पछाडी साेर्सफाेर्स लाग्न नपुग्नुस।’
उनले मधेशी समूदायका महिलाहरुलाई इंगित गर्दै आमाहरु शिक्षित भए बच्चाहरु संस्कारी हुने भनाई राखे ।

उनले कास्कीमा ४७ हजार मधेशी रहेकाे भन्दै यस ठाउँमा मधेशी समूदाय एकजुट हुनुकाे विकल्प नभएकाे बताए । ‘जहाँ जुन समूदाय कम छ, त्यहाँ विभेद हुन्छ तसर्थ मधेशी समूदाय एकजुट हुन आवश्यक छ ।’ उनले भने -‘अवसर र पहुँचबाट वन्चित नहुनकाे लागि संगठित हुन जरूरी छ ।’
उनले अरु धेरै संस्था बनाएर मधेश कास्की सम्पर्क समाजलाई महासंघकाे रुप दिन पनि सुझाए । जति धेरै संगठन त्यति धेरै एकता हुने उनकाे भनाई छ । उनले आफूले मधेशी समाज र समूदायकाे हकहितका लागि सक्दाे सहयाेग गर्ने प्रतिवद्वता जनाए ।
कार्यबाहक अध्यक्ष साहले मधेस आयाेग कुनै दल विशेष नभई मधेसी समूदायकाे हकहितका लागि, धर्म संस्कृति रितीरिवाज जाेगाउन, मधेशी समूदायकाे समस्या समाधान गर्न, मधेसी समूदायकाे पहुँच बढाउन, विभेदकाे कुरामा आवाज उठाउन लगायतका विविध पक्षमा आवाज उठाउनकाे लागि बनाईएकाे स्पष्ट पारे ।
कार्यक्रममा बाेल्दै मधेश कास्की सम्पर्क समाजका अध्यक्ष सतेन्द्र कुमार दासले मधेह प्रदेशका जनताकाे लागि एम्वुलेन्स अत्यावश्यक रहेकाे बताए । यसका लागि सक्दाे पहल गर्न सबैसँग अनुराेध गरे ।
उनले स्थापनाकाे दुई वर्षकाे अवधिमा संस्थाले मधेसी जनताकाे हितहितकाे लागि काम गर्दै आएकाे र आगामी दिनमा पनि सबैलाई एकतावद्व रुपमा लिएर अघि बढ्ने बताए ।
कार्यक्रममा आम जनता पार्टी गण्डकी प्रदेश अध्यक्ष महेन्द्र शर्मा, आम जनता पार्टी कास्की अध्यक्ष मौजलाल राैनियार, कलवार कल्याणकारी सेवा समाजका अध्यक्ष अशाेक कुमार चौधरी, जनता समाजबादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष मधुकर न्यौपाने लगायतले मधेसीकाे पीडा बुझ्न सक्ने समाज हुनुपर्ने,आयाेगमार्फत काम गर्दा प्रभावकारी हुने भएकाेले सातै प्रदेशमा आयाेग खाेल्नुपर्ने, सदस्यता बढाउन पहल गर्ने, सबैमा एकताकाे भावना हुनुपर्ने, सामाजिक कार्यहरु, सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने लगायतका सल्लाहा, सूझाव तथा जिज्ञासाहरु राखेका थिए ।
पाेखरामा सम्पन्न कार्यक्रमकाे सञ्चालन संस्थाका सचीव लिलाधर पटेलले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18334, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म






