पोखरामा युवा संघको नयाँ नेतृत्व सम्मानित, महत्वाकांक्षी योजना सार्वजनिक

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले राष्ट्रिय युवा संघ नेपालको दशौँ सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वलाई बुधबार पोखरामा सम्मान गरेको छ।
कार्यक्रममा एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले युवाहरूलाई देश र पार्टीको भविष्यको रूपमा चित्रण गर्दै नयाँ नेतृत्वलाई सबैको भावना समेटेर काम गर्न सुझाव दिए। “युवाहरूमा ठूलो सम्भावना छ, उनीहरूले देश र पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ,” शर्माले भने।
नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्तिका लागि आफूहरू प्रतिबद्ध रहेको बताए। उनले आगामी तीन वर्षमा ३ लाख युवालाई उद्यमी बनाउने र त्यसबाट ३० लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरे। “युवाहरूलाई व्यवसाय र रोजगारीसँग जोड्ने काम पहिलेदेखि नै चलिरहेको छ, अब यसलाई थप विस्तार गर्नेछौँ,” थेबेले भने।
उनले सम्मेलनमा देशभरबाट आएका प्रतिनिधिहरूले आफ्नै खर्चमा सहभागिता जनाएको र कुनै चन्दा नलिई करिब १ करोड खर्च भएको जानकारी दिए। उनले युवा सम्मेलन भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएकाे बताए । थेबेले गणतन्त्रको पक्षमा कुनै सम्झौता नगर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा सल्लाहकार परिषद्का अध्यक्ष मोहन रेग्मी, उपाध्यक्ष मीनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिव दामबहादुर विकलगायतले नयाँ नेतृत्वलाई बधाई दिँदै सम्मान गरे। कार्यालय सचिव आर.के. पोखरेलले कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको बताए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18413, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड
समाचार२०८३ श्रावण १, शुक्रबार २०:५४कास्कीमा जिल्ला प्रशासनको वार्षिक प्रगति सार्वजनिक: फेवातालकाे सुरक्षादेखि बजार अनुगमनसम्मका विषयमा प्रश्न
समाचार२०८३ श्रावण १, शुक्रबार २०:२३उच्च अदालत पोखरामा ७५ प्रतिशत मुद्दा फर्छयाैट, न्याय सम्पादनलाई थप प्रभावकारी बनाइने







