सडक भासिँदा गोरखा आरुघाट सडक पूर्णरूपमा बन्द

गोरखा -गोरखा सदरमुकामदेखि आरुघाट जोड्ने सडक पूर्णरूपमा बन्द भएको छ । गोरखा नगरपालिका–८ स्थित ढुङ्गागाढेमा आइतबार आएको भिषण वर्षाले पुरै सडक भासिँदा सडक पूर्णरूपमा बन्द भएको हो ।
गोरखा सदरमुकामबाट, शहीद लखन गाउँपालिकाको मनकामना, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका पुग्ने सवारीसधानहरू पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
ूउक्त सडक भासिएर खुलाउने बाटो कतै पनि नभएपछि वैकल्पिक रूपमा डाईभर्सनको व्यवस्था गर्न सकिने अवस्था छैनू, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भन्नुभयो, जिल्ला प्रशासन कार्यालय गोरखाले समबन्धित निकायलाई निर्देशन दिइसकेकाले छिटो बन्ने अपेक्षा गरिएको छ ।
गोरखाको मुख्य सडक भएकाले जिल्ला प्रशासन कार्यालय गोरखाको अगुवाईमा जिल्लामा भएका जनप्रतिनिधी तथा विकासे कार्यालयका प्रमुखसँगको छलफलबाट जति सक्दो चाँडै बाटो खुलाएर सवारी साधनलाई आवतजावतमा सहज बनाइने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
अत्यधिक मात्रामा परेको अविरल वर्षाले सडक नै भासिएर जाँदा ठुला चारपाङ्ग्रे सवारी साधनहरूलाई पूर्णरूपमा रोक लगाई सकेको साथै दुई पाङ्ग्रे सवारी साधनलाई जोखिम मोलेर यात्रा नगर्न गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले आग्रह गर्नुभयो ।
सोमबार जिल्ला प्रशासन कार्यालय गोरखाले एक सुचना जारी गर्दै सडक पूर्णरूपमा नबन्दासम्म लागि सवारी आवतजावतमा पूर्णरूपमा बन्द गरिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षारित गरेको विज्ञप्तीमा भनिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन








