लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

धादिङ, १९जेठ । लागू औषध (गाँजा) सम्बन्धी मुद्दामा सम्मानित धादिङ जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी केनाम सिं तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरी, धादिङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा मिति २०८२ साल जेठ १३ गते उनलाई फेला पारेर पक्राउ गरेको हो । पक्राउपछि उनलाई फैसला कार्यान्वयनको सिलसिलामा सोही दिन धादिङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
धादिङ जिल्ला अदालतले लागू औषध गाँजासम्बन्धी मुद्दामा तामाङलाई चार वर्ष एक महिना कैद र रु. ८०,००० (असी हजार रुपैयाँ) जरिवाना सजाय तोकेको थियो । तर फैसला पछि उनी फरार भएका थिए ।
पक्राउ परेका तामाङलाई अब तोकिएको सजायअनुसार कैद भुक्तान गराउने प्रक्रिया अगाडि बढाउन अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
लागू औषध सम्बन्धी अपराध नियन्त्रणका लागि फरार अभियुक्तहरुको खोजीकार्यलाई तिव्र बनाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
कला, विचार/मनोरञ्जन२०८३ असार ४, बिहीबार १०:१०‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न







