‘हिमाल जोगाउन सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ’

काठमाडौँ, २१ जेठ
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले हाम्रा हिमालको प्राकृतिक सौन्दर्यता जोगाउन राज्यले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि मन्त्री आधिकारीले हिमशृङ्खला संरक्षणसम्बन्धी प्रभावकारी योजनाका लागि विज्ञसँग परामर्श गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जलवायु परिवर्तनबाट हिमाल र हिमाली जनजीवनमा परेको असर न्यूनीकरण गर्न सबै नेपाली गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
“जलवायु परिवर्तनबाट हिमालमा परेका असर कम गर्नेबारे सरकारले विभिन्न तहमा छलफल गरिरहेको छ, यसलाई बचाउन गम्भीरतापूर्वक योजनाबद्ध रूपमा सरकार अघि बढिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो । नेपालमा भएका प्राकृतिक सुन्दरता, सम्पदा र अथाह स्रोतसाधनबारे आमजनतालाई बुझाउन नसक्दा कहिलेकाहीँ नेपालमा केही छैन भन्ने प्रश्न उठ्ने गरेका जनाउँदै उहाँले नेपालमा जस्तो प्राकृतिक सम्पदा अयन्त्र नभएको दाबी गर्नुभयो ।
मुलुकका सम्पूर्ण हिमाल राससको तस्बिर प्रदर्शनीमा समेटिएका अवलोकनका क्रममा पाएको बताउँदै मन्त्री अधिकारीले प्रदर्शनीमा राखिएका तस्बिरमार्फत हाम्रा अमूल्य निधि हिमाल, हिमली जनजीवन, प्राकृतिक सुन्दरतालगायत मुलुकको विशेषता झल्किएको बताउनुभयो ।
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मन्त्री अधिकारीलाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी लिन उपयुक्त थलो बनेको विश्वास व्यक्त गर्नुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।
रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








