विश्व वातावरण दिवसमा चिल्ड्रेनपार्क मा.विद्वारा सरसफाइ अभियान

धादिङ, २३ जेठ ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले सरसफाइ कार्यक्रम गरेको छ । “हाम्रो वातावरण, हाम्रो जिम्मेवारी” भन्ने नारासहित सञ्चालन गरिएको सरसफाइ अभियानमा विद्यालयका शिक्षक, विद्यालय नर्स र कक्षा ५ र ८ का विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयभित्र र वरिपरीका सिम्लेगैरी र रायटार क्षेत्रका सडक, नाली र सार्वजनिक स्थलहरूको सरसफाइ गरिनुका साथै ब्यानर सहितको वातावरणीय सचेतनामूलक सन्देश फैलाइएको थियो ।
विद्यालयका साइन्स तथा इको क्लवका संयोजक इन्द्रराज श्रेष्ठले वातावरण संरक्षणमा विद्यालयको भूमिका महत्वपूर्ण हुने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना विकास गराउने बताउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले फोहर संकलन गर्दै सरसफाइमा सहभागी भएको देख्दा अभिभावक र स्थानीय बासिन्दाले यो सरसफाइ अभियानप्रति खुसी व्यक्त गरेका थिए । विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रम सञ्चालन गर्ने प्रधानाध्यापक षष्टिकुमार श्रेष्ठले प्रतिबद्धता गर्नुभएको छ ।





लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार १६:०८‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा
सूचना-प्रविधि२०८३ श्रावण ७, बिहीबार ११:०४सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिइने
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार ०८:३५‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग









