लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु

रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका चार लाङटाङको क्याङ्जेन देखि स्याफ्रुबेँसी सम्म ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु भएको छ ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा आज बिहान सुरु भएको हो ।
पर्यटकीय पदमार्ग अन्तर्गत तेस्रो गन्तव्य रहेको लाङटाङ क्षेत्रको साहसिक पर्यटकीय गन्तव्यका रूपमा यसको अन्तर्राष्ट्रिय बजारमा प्रचुर संम्भाबनाको बारेमा प्रचारप्रसार एवं बजारीकरण गर्दै पर्यटन प्रर्बद्वनमा टेवा पुर्याउने उद्वेश्यका साथ दौड आयोजना गरिएको साझा संस्था रसुवा नुवाकोट पर्यटन समाजका सदस्य गगनराज न्यौपानेले जानकारी दिनुभयो ।
दौड प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी साठी जनाको सहभागिता रहेको छ ।
दौड प्रतितायामा प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः एक लाख,द्वितीयलाई पच्चहतर हजार र तृतीयलाई पच्चीस हजार रहेको छ भने चौथो र पाँचौँ हुने प्रतियोगीले क्रमशः पच्चिस हजार तथा पन्ध्र हजार पाउने छन् ।
क्याङ्जेन देखि स्याफ्रुबेँसी सम्म ३२ किमी दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सहभागी महिला तथा पुरुष दुबैलाई समान पुरस्कारको व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १२:३९चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
खेलकुद२०८३ श्रावण ५, मंगलवार २१:५०नेपाल नामिबियासँग पराजित « रिपोर्टर्स नेपाल









