धुनिबेशीमा पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण

धादिङ,२४ जेठ ।
धुनिबेशी नगरपालिकामा पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा बिहीबार र शुक्रबार वडा नं. ६ को गौचरणसहित दुई स्थानमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो।
कार्यक्रममा धुनिबेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी, जनस्वास्थ्य तथा कृषि क्षेत्रका विज्ञहरू, कृषक, विद्यार्थी, क्यान्टिन सञ्चालक, कृषि सहकारीका प्रतिनिधि, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
शुक्रबारको कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधि मुकुन्द भुसाल र अनुमा भट्टराईको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार अधिकारीले स्वागत मन्तव्य राख्दै पोषण र विषादीको असरबारे जनचेतना अभिवृद्धि गर्न कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा धादिङ जिल्लाको पोषणको वर्तमान अवस्था, बालबालिका, गर्भवती, सुत्केरी र अन्य समुहका लागि आवश्यक पोषिलो आहार, सूक्ष्म पोषक तत्वहरूको महत्त्व, र दैनिक खानपानमा ध्यान दिनुपर्ने बुँदाहरूमा गहन छलफल गरिएको थियो। साथै, व्यवसायिक तरकारी उत्पादनमा व्यापक रूपमा हुने विषादी प्रयोगका असरहरू, विषादीको सही प्रयोग विधि, दीर्घकालीन असर, र रासायनिक विकल्पहरूबारे समेत जानकारी दिइएको थियो।
नगर प्रमुख आचार्यले सहभागी कृषकहरूलाई सम्बोधन गर्दै जैविक (अर्गानिक) खेतीको प्रवद्र्धनमा नगरपालिका पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन धुनिबेशी नगरपालिकाका सि.अ.हे.व अधिकृत हेमन्त सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरीक्षक तोयनाथ छत्कुली, नौबिसे स्वास्थ्य चौकीका डा. अमृत उप्रेती, र कृषि विकास अधिकृत अनन्त ढकालले सहजीकरण गर्नुभएको थियो।






लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १२:३९चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
खेलकुद२०८३ श्रावण ५, मंगलवार २१:५०नेपाल नामिबियासँग पराजित « रिपोर्टर्स नेपाल









