खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय हुन : राष्ट्रपति पौडेल

काठमाडौँ -राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताउनुभएको छ । दशरथ रंगशालामा बुधबार पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवम् खेलकूदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिको कर्णधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारकारुपमा उभ्याउन योगदान दिने बताउनुभयो ।
राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासको लागि खेल जरुरी रहेको भन्दै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पार्नुभयो ।उहाँले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउदै भन्नुभयो–‘यहीबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन् ।
त्यसैले स्थानीय स्तरमा पूर्वाधार, खेलसामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनुपर्दछ ।’
राष्ट्रपति पौडेलले नेपालमा खेल पर्यटनको प्रशस्त संभावना रहेको भन्दै अनुपम भौगोलिक विशेषता अनुसारका साहसिक खेलप्रति विश्वजगतको आकर्षणलाई मध्यनजर गरि यसबाटै देशको अर्थतन्त्रमा योगदान दिनेतर्फ राज्यले सोच्नुपर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालका परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्ने बताउनुभयो ।
उहाँले मुलुकलाई विश्वसामु चिनाउने सजिलो माध्यम खेलकुद भएको भन्दै क्रिकेट, पारा ओलम्पिक, हकीलगायतका खेलमा अन्तर्राष्ट्रियस्तरमा नेपालले पछिल्लो समयमा देखाएको उत्साहजनक सहभागिता र नतिजा मुलुकका लागि खुशीको विषय भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले प्रत्येक वर्ष खेलका प्रतिस्पर्धा र गतिविधि बढ्दै गएपनि पूर्वाधार, अभ्यास, प्रशिक्षक, सुविधा र अन्तर्राष्ट्रिय तालिमको अभाव चुनौती बनेको भन्दै यसका लागि देशभित्रै बढी भन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार ०८:३५‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
खेलकुद२०८३ श्रावण ६, बुधबार २०:२९१२१ देशका ४७२ खेल पत्रकारले गरे मेस्सीलाई उत्कृष्ट खेलाडी घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १८:०९मन्त्रीको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल









