सिनेमा ‘हर्ष’ : टाइटल भिडियो सार्वजनिक, मंसिर १२ गतेदेखि प्रदर्शनमा

काठमाडौँ। सिनेमा ‘हर्ष’ ले सोमबार टाइटल भिडियोमार्फत प्रदर्शन मिति सार्वजनिक गरेको छ। एकता पौडेलको निर्देशनमा बनेको यो सिनेमा आगामी मंसिर १२ गते देशव्यापी प्रदर्शनमा आउने भएको हो।
निर्देशकका रूपमा डेब्यु गर्दै गरेकी एकता पौडेलले यस सिनेमालाई आफ्ना मामाजु तथा चर्चित दिवंगत निर्देशक शिव रेग्मीलाई समर्पण गरेकी छन्। टाइटल भिडियोको सुरुवातमै स्व. रेग्मीप्रतिको श्रद्धाञ्जली दिइएको छ। पौडेल आफैं रेग्मीकी भान्जी हुन्।
विदेशमा अध्ययन गरेकी पौडेलले न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ सिकेकी छन् भने आमसञ्चारमा स्नातक तथा व्यवस्थापन र नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन्। छोटा सिनेमाहरु निर्माणपछि मुख्यधारको सिनेमामा ‘हर्ष’ उनकाे पहिलो निर्देशन हो।
चितवनमा छायांकन गरिएको यो सिनेमा अहिले पोस्ट प्रोडक्सनको चरणमा पुगेको छ। निर्देशक पौडेलले सिनेमा दर्शकका लागि मन छुने, सशक्त पारिवारिक कथा पस्किने दाबी गरेकी छन्।
सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, लुनिभा तुलाधर, निमा पाण्डे, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापितको अभिनय देख्न पाइनेछ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाको कथा पनि पौडेल आफैंले लेखेकी हुन्। पारिवारिक र सामाजिक भावनालाई उजागर गर्ने सिनेमामा आलोक शुक्लाको छायांकन, समीर/हिमाल, वसन्त सापकोटा र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र पौडेलकै कोरियोग्राफी रहेको छ।
निर्माताको रूपमा प्रशन्न पौडेल र विकास पौडेल रहेका छन् भने कार्यकारी निर्माता हिक्मत चोखल हुन्।
गीत रचनामा शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काका शब्द रहेको छ। प्रोडक्सन म्यानेजरमा इश्वर घिमिरे, मुख्य सहायक निर्देशकमा कुलदीप अधिकारी छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन









