न्यु किबो बोर्डिङमा Kibou Chess Meet – २०८२ सम्पन्न

न्यु किबो बोर्डिङ स्कूलले विभिन्न सिर्जनात्मक गतिविधिहरूको आयोजना गरी शुक्रबारलाई ‘बुक फ्री फ्राइडे’ को रुपमा विशेष ढंगले मनाएको छ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच Paragraph Writing प्रतियोगिता सम्पन्न भयो । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूका लागि Kibou Chess Meet र नेपाली कथा लेखन प्रतियोगिता आयोजना गरिएको थियो।
खेलकुद शिक्षक विनोद थापा मगरका अनुसार Kibou Chess Meet मा छात्रतर्फ ८७ जना र छात्रातर्फ ३० जना सहभागी भएका थिए।
छात्र समूहमा कक्षा ८ का अंकित लम्साल तृतीय स्थानमा, कक्षा ७ का ईशान श्रेष्ठ दोस्रो स्थानमा र सोही कक्षाका उन्नव ढुवाडी पहिलो स्थानमा विजयी भए।छात्रातर्फको फाइनल खेल आगामी आइतबार सञ्चालन हुने बताइएको छ।
विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीका अनुसार विद्यार्थीहरूको बौद्धिक तथा सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले यस्ता गतिविधिहरू नियमित रूपमा आयोजना गरिँदै आएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









