नेकपा एमाले नीलकण्ठ–३ का अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन

धादिङबेशी, १४ असार । नेकपा एमाले नीलकण्ठ नगरपालिका–३ को वडा कमिटीको अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन भएका छन्। शनिबार एमाले जिल्ला पार्टी कार्यालय धादिङमा सम्पन्न भेलाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
१९ सदस्यीय नवगठित वडा कमिटीमा उपाध्यक्षमा विष्णुराज श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, र उपसचिवमा सरोज रिजाल तथा गगनमाया प्रधान चयन भएका छन्।
वडा भेलाको अध्यक्षता नन्दप्रसाद श्रेष्ठले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य खिलकुमारी तिवारी थिइन्। कार्यक्रम नेकपा एमाले नीलकण्ठ नगर कमिटीको समन्वयमा सम्पन्न भएको थियो।
नगर कमिटी अध्यक्ष काजी श्रेष्ठका अनुसार नवगठित कमिटीले संगठन सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









