गीतकार टेक तामाङ सांगीतिक साँझ,अन्जु,अस्मिता,राजेश पायल देखि डेभिड सम्म

काठमाडौंँ । गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५ जना वाद्यवादकसहित प्रत्यक्ष रुपमा गीतहरु प्रस्तुत गरिएको थियो । गीतकार संघ नेपालको आयोजनामा भएको ‘गीतकार टेक तामाङ सांगीतिक साँझ –२०८२’मा डेढ दर्जन गायक गायिकाले प्रत्यक्ष रुपमा गाएका थिए । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा भएको सांगीतिक साँझमा स्रोता दर्शकहरुको भीड सम्हाल्न गाह्रो भएको थियो । कार्यक्रममा उपस्थित स्रोता दर्शकको भीडलाई सहज बनाउन हलको ढोकासँगै बाहिर पनि एलइडी राखेर प्रत्यक्ष देखाइएको थियो ।
गीतकार तामाङका रचनामा केन्द्रित रहेर चर्चित गायक गायिकाहरुले प्रस्तुति दिएका थिए । गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरिएको थियो । नेपाल मेरो घर–किरण प्रधान, आमा– शिव परियार, स्वर्ग सुख– डेबिड शंकर, मीठा मीठा बोली–रुपक चौधरी, जित्नेहरुको पनि– सत्यराज आचार्य, आफ्नै धड्कन– स्वरुपराज आचार्य, मन पर्छ–संगीता राना प्रधान, अल्झिरह्यो याद–प्रदीपराज पाण्डे, नजिक यति भएर पनि र जन्मिखेली – कन्काइष्ट राई, तिमी सागर–सञ्जय तुम्रोक र सुमिना लो, तिमीलाई पराईको र अँगालोमा बेरिरहुँ– अन्जु पन्त, मै खुकुरी–सञ्जय तुम्रोक, माथि माथि लेकमा–रेश्मा बमजन, जोर मादलको तालैमा–अस्मिता अधिकारी, स्वर्ग झैं सैलुङ्ग–प्रल्हाद तिमिल्सिना र सुमिना लोले प्रस्तुत गरेका थिए । गायक गायिकाले सांगीतिक प्रस्तुत दिँदै जाँदा दर्शकदीर्घामा वान्समोरको आवाज गुन्जिरहेको थियो । दर्शकहरु गीतसँगै झुमेका थिए ।

संगीतकार अशोक कुमार राईको संगीत संयोजनमा रहेको २५ जनाको वाद्यवादनको समूहले प्रत्यक्ष रुपमा वाद्यवादनमा साथ दिएका थिए । जसमा मनोहर सुनाम भ्वाइलिन संयोजक, शिला बहादुर मोक्तान किबोर्ड, भरत बुढाथोकी तालवादन संयोजकको रुपमा रहेका थिए । भ्वाइलिनतर्फ मोहनकृष्ण ढली, किशोर कार्की ढली, रविन कार्की ढली, नारायण कार्की ढली, रोमन बुढाथोकी, बिकासनाथ योगी रहेका थिए । त्यस्तै बाँसुरीतर्फ गोपाल देव घतानी र धन बहादुर गुरुङ रहेका थिए । त्यस्तै तालबादनतर्फ कुमार महाराज, मेघराज लुङ्गेली, अनिल थापा, पोषण धर्ती रहेका थिए । गिटारतर्फ देव राई, सञ्जिव लिम्बु, दिपेश श्रेष्ठ रहेका थिए भने सिता मैया राहचल सितारमा रहेकी थिइन् । सारङ्गीमा भरत नेपाली थिए भने प्याड ड्रमतर्फ भुपेन्द्र रसाइली रहेका थिए । त्यसैगरी ब्रासतर्फ रुद्र परियार, पूर्ण नेपाली र तेज तामाङ रहेका थिए ।
गीतकार संघ नेपाल र भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ गीतकार टेक तामाङ सांगीतिक साँझले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको गीतकार तामाङले बताए । उपस्थित स्रोता दर्शकलाई स्वागत गर्दै गीतकार तामाङले औपचारिक रुपमा २०५० सालदेखि सांगीतिक यात्रामा लागेको भए पनि सांगीतिक साँझले पूर्णता दिएको बताएका थिए । ‘मेरो सांगीतिक साँझ मान्यजन, संगीतप्रेमी शुभचिन्तहरुको उपस्थितिले ऐतिहासिक बनेको महसुस गरेको छु’ गीतकार तामाङले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले गीतकार तामाङलाई शुभकामना दिँदै गीतकारको सांगीतिक साँझ ऐतिहासिक बनेको बताए । गीति लेखनमा सक्रिय रहेका तामाङ सुरक्षा सेवामा पनि उत्तिकै नेतृत्वदायी भूमिकामा रहेका कारण पनि गीतहरुले मातृभूमि प्रतिको भाव बोक्न सफल भएको बताए ।
‘टेक तामाङ सांगीतिक साँझ –२०८२ ’ ले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रम व्यवस्थापन समितिका संयोजक बसन्त वित्यासी थापाले बताए । थापाले ‘स्रष्टाहरुको नैतिक, बौद्धिक र प्रतिलिपि अधिकार स्थापित गर्न, सर्जकलाई प्रोत्साहन एवं सम्मान गर्न निरन्तर क्रियाशील रहनुका साथै स्रष्टाहरुलाई उर्जा प्रदान दिन एकल एवं सामूहिक साँझ गर्दै आएको पनि बताए ।
अतिरिक्त प्रहरी महानिरीक्षक समेत रहेका गीतकार टेक तामाङको सांगीतिक साँझमा राजनीतिक, साहित्यिक, सांगीतिक, न्यायिक, व्यवसायिक, शैक्षिक, प्रशासनिक, सुरक्ष निकाय लगायतका क्षेत्रहरुका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा टेक तामाङद्वारा रचित सोल्टिनी र माथि माथि लेकमा गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमलाई आवाजका दुनियाँका साथी दिनेश डिसीले संचालन गरेका थिए भने कार्यक्रम सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









