संवैधानिक निकाययका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडौँ- सर्वोच्च अदालतले २०७८ सालमा संवैधानिक निकायमा नियुक्त ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ । मध्यरातमा निर्णय सुनाउँदै संवैधानिक इजलासको बहुमतले रिट खारेजको आदेश जारी गरेको हो ।
इजालसले पदाधिकारीको नियुक्ति संविधानसम्मत् भएको भन्दै नियुक्ति बदरगर्न अस्वीकार गरेको छ । रिट खारेज गरिदिएसँगै संवैधानिक पदाधिकरीहरुको नियुक्तिले निरन्तरता पाएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासले बहुमतबाट रिट खारेज गरेको हो ।
नियुक्ति पाएको साढे चार वर्षदेखि विचाराधीन मुद्दा आज किनारा लागेको हो । यसअघि जेठ २८ गते हुने भनिएकोमा आज असार १८ गतेका लागि निसु तोकिएको थियो ।
अध्यादेश ल्याएर संविधान विपरित संवैधानिक आयोगमा पदधिकारी नियुक्ति गरेको भन्दै उक्त नियुक्ति खारेजीको मागगर्दै सर्वोच्च अदालतलको संवैधानिक इजालासमा रिट परेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








