नेपाल एसिसी मेन्स इस्ट जोन कप–२०२५ को फाइनलमा प्रवेश, मलेसिया ९ विकेटले पराजित

काठमाडौं, १९ असार । नेपालले एसिसी मेन्स इस्ट जोन कप–२०२५ को सेमिफाइनलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पार गरेको हो ।
नेपालका लागि ओपनर परिमार्जन यादवले नटआउट ५९ रन बनाए । उनले ३५ बलमा ५ चौका र ५ छक्का हानेका थिए । यस्तै, शिवान्स बजागाइँले २३ रन बनाए। उनीपनि नटआउट रहे । प्रसिद्ध जैशी भने २ रनमा आउट भएका थिए । नेपालका अभय यादवले ४ विकेट लिए । यस्तै, शुभम् खनालले ३ विकेट लिए । सचिन भट्ट र कप्तान विपिनप्रसाद शमाले भने एक/एक विकेट लिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार १६:०८‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा
सूचना-प्रविधि२०८३ श्रावण ७, बिहीबार ११:०४सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिइने
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार ०८:३५‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग









