गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा

काठमाडौँ, २१ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।
जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाको भूमिका महत्त्पूर्ण रहेकाले यसलाई भावी पुस्ताले पनि स्मरण गर्ने धारणा राख्नुभयो । अहिले मुलुक गणतन्त्रलाई सुदृढीकरण गर्दै आर्थिक सामाजिक रुपान्तरणको यात्रामा अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।
“गिरिजाबाबु नभएको भए मुलुकमा अहिल्यै गणतन्त्र आउने थिएन, गणतन्त्र ल्याउन उहाँले हिम्मत गर्नुभयो, जनमत सिर्जना गर्नुभयो”, सभापति देउवाले भन्नुभयो, “यद्यपि, अहिले केही समस्या छन्, तिनलाई समाधान गर्दै लैजानुपर्छ ।”
समावेशी राजनीतिक प्रणालीले सबै वर्ग, क्षेत्र र समुदायको राज्य संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै उहाँले मुलुकलाई आथिक रूपमा सम्पन्न बनाएर जनतालाई त्यसको लाभ दिलाउन सबै दल क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले अब आर्थिक सामाजिक रुपान्तरणको पनि नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “प्रजातन्त्र स्थापना, पञ्चायत र राजतन्त्र अन्त्य तथा संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कांग्रेसको नेतृत्वमा संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धिको मार्ग अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले हरित ऊर्जा, आधुनिक कृषि प्रणाली, उन्नत बाली प्रवर्द्धन तथा किसानलाई प्रविधिसँग जोड्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिँदै धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटन प्रवर्द्धन गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्ने बताउनुभयो ।
कांग्रेस नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गिरिजाबाबु क्रान्ति र शान्तिको नायकका रूपमा रहनुभएको बताउनभुयो । “गिरिजाबाबु जे बोल्नुहुन्थ्यो, त्यो गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो । मन्त्री चौधरीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा विजेता खेलाडीलाई प्रोत्साहित गर्न सरकारले विभिन्न पुरस्कार र सम्मानको व्यवस्था गरेको जानकारी दिनुभयो ।
कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले जनताको सङ्घर्षको माध्यमबाट प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभभयो । उहाँले संविधानमा भएको जनअधिकार कार्यान्वयन गर्न एकजुट हुनुपर्ने उल्लेख गर्दै राजनीतिमा युवा पुस्ताको सहभागिता अनिवार्य रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सभापति देउवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताका विजेता नेपाली खेलाडी तथा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी उम्मेदवारलाई सम्मान गर्नुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









