राष्ट्रिय चलचित्र पुरस्कार घोषणा : विजय र उपासना उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौँ। चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ बाट विजय बरालले यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता बन्ने गौरव प्राप्त गरेका छन्। सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अवार्ड प्रदान गरे। यो विजयको पहिलो राष्ट्रिय अवार्ड हो, जुन कीर्तिमानी फिल्ममार्फत उनले हात पार्न सफल भएका हुन्।
उत्कृष्ट अभिनेत्रीको श्रेणीमा भने ‘खुस्मा’ फिल्मबाट उपासना सिंह ठकुरी विजयी बनिन्। यो पनि उनको अभिनय करिअरको पहिलो राष्ट्रिय पुरस्कार हो, जसले उनको योगदानलाई औपचारिक रुपमा मान्यता दिएको छ।
यस वर्षको उत्कृष्ट फिल्मको उपाधि ‘शाम्बाला’ ले हात पारेको छ भने यसै फिल्मका निर्देशक मीनबहादुर भाम उत्कृष्ट निर्देशक घोषित भए।
लेखनतर्फ ‘छक्का पञ्जा ५’ का लागि दीपकराज गिरीले पुरस्कार प्राप्त गरे। त्यस्तै, ‘पूजार सार्की’ का भरत रेग्मी उत्कृष्ट सम्पादक र ‘पिताम्बर’ का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार घोषित भए।
निर्णायक समितिबाट प्रदान गरिने विशेष ‘जुरी अवार्ड’ ‘पूजार सार्की’ बाट अभिनेता प्रदीप खड्काले प्राप्त गरे।
आदिवासी मातृभाषी फिल्मतर्फ नेवारी भाषाको ‘गालय् वन’ सर्वोत्कृष्ट ठहरिएको छ। लिम्बू भाषाको ‘चे’ र मगर भाषाको ‘दिलसरा’ लाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा लामो समयदेखि नेपाली सिनेमामा योगदान पुर्याउँदै आएका लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई चलचित्र दीर्घ साधना सम्मान दिइयो, जसअन्तर्गत ३ लाख ७५ हजार रुपैयाँ नगद राशिसमेत प्रदान गरिएको थियो। साथै, प्राविधिक स्व. श्रवण मास्केलाई मरणोपरान्त विशेष योगदान सम्मान दिइएको थियो।
विशेष योगदान सम्मान प्राप्त व्यक्तित्वहरू:
प्रेम सुब्बा (कलाकार)
देविका वन्दना (गायिका)
दीर्घ गुरुङ (छायाँकार)
अनुप बराल (कलाकार/निर्देशक)
परशुराम चौधरी (कलाकार/निर्देशक)
सुरक्षा पन्त (कलाकार)
नकिम उद्दिन (प्रदर्शक)
उत्तम केसी (कलाकार)
अन्जु रञ्जितकार (कलाकार)
निखिल उप्रेती (कलाकार/निर्देशक)
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को









