उपाधिका लागि नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौँ- बंगलादेशमा जारी उमेर समुहको साफ यू-२० महिला फुटबलको उपाधिका लागि आज नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । घरेलु टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दै गरेको नेपाललाई उपाधिका लागि जितको आवश्यक रहेको छ ।
राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि दुवै टोलीका लागी यो फाइनल सरह नै हुनेछ । आजको खेलमा नेपाललाई जित आवश्यक रहेको छ भने बंगलादेशलाई बराबरी मात्र पर्याप्त हुनेछ ।
नेपाल र बंगलादेशबीच हेड टु हेडमा बंगलादेशले पहिलो खेल ३-२ ले जितेको थियो । हाल बंगलादेश ५ खेलबाट शत प्रतिशत जित सहित १५ अंक जोडेर शीर्ष स्थानमा छ । यस्तै नेपालले ४ जित र १ हारबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल








