अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम पुरस्कार ५० हजार राशिको

धादिङ,६ असार
अन्तर्राष्ट्रिय धादिङ समाज(International Dhading Society) ले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता सन्चालन गर्ने भएको छ ।जिल्लाभरिका युवाहरूको सिर्जनशील अभिव्यक्ति विकास, स्थानीय पहिचानको प्रवद्र्धन, पर्यटन सम्भावनाको प्रचार तथा आपसी सम्बन्ध सुदृढीकरणका उद्देश्यले जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो । प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ।
पहिलो चरणमा प्रत्येक स्थानीय सरकारबाट एक जना छात्र र एक जना छात्रा गरी प्रतिनिधि छनोट गरिनेछ भने दोस्रो तथा अन्तिम चरणमा पाँच जना उत्कृष्ट वक्ताहरूलाई पुरस्कृत गरिनेछ। स्थानीय तहको छनोट चरणमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई स्टेशनरी सामाग्री पुरस्कार स्वरूप प्रदान गरिनेछ। ३० बर्ष मुनिकोले मात्र प्रतियोगितामा सहभागि हुन पाउने छन्।
लागि १६ देखि ३५ वर्ष उमेर समूहभित्र (माध्यमिक देखि व्याचलर तह सम्मका सहभागी हुन पाउनेछन् अन्तिम चरणमा उत्कृष्ट स्थान हासिल गर्ने विजेताहरूलाई नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुनेहरुलाई क्रमश ५० हजार,३० हजार,२० हजार,१० हजार र पाँचौँ पुरस्कार ५ हजार रहेको छ। समाजले जिल्ला भित्रका सम्पूर्ण स्थानीय तहहरूमा प्रतियोगिताको जानकारी पुर्याई प्रतिनिधि छनोटको प्रक्रिया सहज बनाउन समन्वय र सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ।
सहभागी प्रतिनिधिहरूको विवरण साउन ३० गतेभित्र internationaldhadingsociety@gmail.com मा पठाइसक्न अनुरोध गरिएको छ। अध्यक्ष राजन खकुरालले समाजले यस्ता गतिविधिबाट युवालाई नेतृत्वको दिशामा प्रेरित गर्न चाहेको बताउनुभयो । शिक्षा क्षेत्रको सहयोग, समन्वय र मार्गदर्शनले प्रतियोगिता अझ प्रभावकारी हुने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।
कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष बद्रि खतिवडाका अनुसार “यो प्रतियोगिता सिर्जनशीलता, आत्मविश्वास र स्थानीयताको प्रवद्र्धनका लागि एक महत्वपूर्ण अवसर भएको बताउनुभयो। संस्थाका महासचिव बाबु काजी भण्डारी र सचिव कल्याण बिक्रम कार्कीले प्रतियोगितालाई अन्तर्राष्ट्रिय धादिङेली समृद्धिको अभियानसँग जोडिएको रचनात्मक पहल भएको बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









