नन्दानुभूती कविता सङ्ग्रह विमोचन

तल्लोबशी ९,असार । कवि नन्द प्रसाद अधिकारी द्धारा लिखित नन्दानुभूती कविता सङ्ग्रह विमोचन गरिएको छ । आज एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा न ७,तल्लोबेशी स्थित उहाँकै निजी निवासमा नन्दानुभूती कविता सङ्ग्रहको विमोचन गरिएको हो ।
धादिङको नेवारपानीमा जन्मनु भएका अधिकारीले जिवनका भोगाइ समेटेर लेखिएको कविता संग्रहको उहाँका आफन्तजन र जिल्लाका साहित्य अनुरागीको उपस्थितिमा बिमोचन गरिएको छ ।
कविता संग्रहमा ५४ वटा कविता समेटिएका छन् ।
कविता सङ्ग्रहमा देश र जनताले पाएका दुःख, शासकले बाटो बिराएका कुरा, मातृप्रेम, सन्तान स्नेह लगाएतका बिषयबस्तुमा कविता मार्फत नन्दप्रसादको अनुभुती समेटिएको छ ।कविता संग्रहमा मेरो जन्म,मेरो संसार,त्यो नेवारपानीको सम्झना,चेलीलाई अर्ती, प्रजातन्त्रको टुसा,देश बचाऊ,तिमिले कर्सी लिएपछि, सन्तानको माया र अन्तिम ईच्छा लगाएतका कविताहरु समेटिएका छन् ।
साविकको सुनौलाबजार गा.वि.स वडा नं. १ नेवारपानीमा जन्मनु भएका पिता चिरञ्जीवी अधिकारी तथा माता जानकीदेवी अधिकारीको एक मात्र सुपुत्र नन्दप्रसाद अधिकारीको बाल्यकाल कठीन तरिकाले बितेको थियो । ३ वर्षमा नै बुबा गुमाउनु भएका अधिकारीको लालनपालन र हेरचाह आमा जानकीदेवी अधिकारीबाट भयो । घर नजिकै रहेको भैरवी माध्यमिक विद्यालयमा कक्षा ८ (आठ) सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका नन्दप्रसाद अधिकारीले अनौपचारिक रुपमा थुपै लेख, रचना र फुटकर कविता तथा भजन, श्लोक लेख्नु तथा गाउनु भएको छ ।
२००७ सालमा ८ वर्षकै उमेरमा काशिराज दुवाडीको छोरी पद्म कुमारीसँग विवाह बन्धनमा बाँधिनु भएका अधिकारीले जीवनका उकाली, ओराली, दुःख, सुखका आरोह, अवरोह पार गर्दै गाउँ, टोल, समाजमा सहयोगी समाजसेवी अग्रजको भूमिका निर्वाह गरिरहनु भएको छ । ५ छोरी र १ छोरा सहित ६ सन्तानका बुबा नन्दप्रसाद अधिकारी जीवनमा कहिल्यै हिम्मत हार्नु हुँदैन भन्ने सन्देश सबैलाई दिनुहुन्छ ।
आफ्नो जीवनानुभूति अनुसार पारिवारिक राजनीतिक तथा सामाजिक परिवेशलाई समेटेर लेखिएको गन्थन मन्थनलाई यो सानो नन्दानुभूति पुस्तिकामा समेट्न सफल हुनुहुने (गैरी गाउँले दाइ) नन्दप्रसाद अधिकारी सबैलाई असल बाटो देखाउने एक अग्रज अभिभावक तथा प्रेरणाको स्रोत हुनुहुन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै











