रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

धादिङ, साउन २१ गते ।
जिल्ला प्रशासन कार्यालय, धादिङले राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि विशेष अभियान सञ्चालन गरेको छ । कार्यलयले धादिङका पालिकाहरुमा परिचयपत्र विवरण संकलन शिविर संचालन गरेको हो ।
हाल धादिङको उत्तरी क्षेत्र रुवी भ्याली गाउँपालिकाका वडा नं. ५ बाट राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट दर्ता अधिकारी सहित टोलीद्वारा दर्ता शिविर सुरु भएको छ । रुवीभ्यालीमा ३१ गतेसम्म शिविर संचालन हुनेछ ।
कार्यालयले हालसम्म पाँच वटा पालिकामा परिचयपत्र विवरण संकलन कार्य सम्पन्न भइसकेको छ। बाँकी पालिकाहरूमा पनि चाँडै टोली खटाइने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो।
घिमिरेका अनुसार ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्त नागरिकलाई प्राथमिकतामा राखेर परिचयपत्र विवरण दर्ता गरिँदैछ । “सरकारी तथा अन्य सेवा सुविधामा सहज पहुँच दिलाउन राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले नागरिकको सुविधाका लागि शिविर गाउँमै सञ्चालन गरिएको हो,” उहाँले बताउनुभयो।
प्रशासनले नागरिकहरूलाई आफ्नो नागरिकता प्रमाणपत्रलगायत आवश्यक कागजात लिएर टोली पुगेका वडामा गई विवरण दर्ता गराउन आग्रह गरेको छ। साथै, शिविरमा सर्वसाधारणको अधिकतम सहभागिता सुनिश्चित गर्न स्थानीय जनप्रतिनिधि तथा गाउँपालिका कार्यालयसँग समन्वय गरिने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार रुवीभ्याली पछि खनियावास गाउँपालिकामा शिविर सञ्चालन गरिनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १६:४१छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )
खेलकुद२०८३ श्रावण ७, बिहीबार २३:१०त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो हार









