‘सिटामोल’ फिल्मको अग्रीम टिकट बुकिङ खुला

काठमाडौं। साउन २३ गते अर्थात् पर्सी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । देशभरका अधिकांश मल्टीप्लेक्स हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ । यो सिनेमाले अग्रीम टिकट बुकिङमा राम्रो शो पाएको हो ।
सिनेमाका प्रचार सामाग्रीले दर्शकमाझ बनाएको राम्रो हाइपलाई मध्ये नजर गर्दै मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘सिटामोल’लाई राम्रो शो उपलब्ध गराएका छन् । अग्रीम टिकट बुकिङ दर्शकको चाप देखिएको खण्डमा विस्तारै शो थपिँदै जाने विश्वास निर्माण टिमको छ । देशकै ठुलो मल्टीप्लेकस चेन क्युएफएक्सले ‘सिटामोल’लाई काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो गरि देशभरका चेनमा ३१ शो दिएको हो ।
यता, देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेनले आइएनआइ सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बिग मूभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मूभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो, किर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन् । रञ्जना, विश्वज्योति, सिके सिनेमाज लगायत काठमाडौंसहित मोफसलमा धेरै सहरका हलमा अग्रीम टिकट बुकिङ खुल्ने चरणमा रहेकाले ‘सिटामोल’ले शुक्रबारसम्म करिब १५० बढि शोसहित प्रदर्शनमा आउने अपेक्षा निर्माण टिमको छ ।
सिनेमाले सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, टिजर तथा ट्रेलरबाट पाएको प्रतिक्रियाबाट यो सिनेमाले बक्सअफिसमा राम्रो सुरुवात गर्ने देखिन्छ ।
राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ९, शुक्रबार १०:१२‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक, तिहारमा प्रदर्शनमा आउने
समाचार२०८३ आश्विन ८, बिहीबार २२:४३धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन
समाचार२०८३ आश्विन ८, बिहीबार २०:४०अविरल वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट जोगाउन यस्तो छ सरकारको तयारी
खेलकुद२०८३ आश्विन ८, बिहीबार १६:५२एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित









