कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक हुन् : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताउनुभएको छ ।
नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ को का अवसरमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका वेथिति र अन्याय निरूपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताउनुभयो ।
“विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “विधिको पूर्ण पालना गरी न्यायपूर्ण रितिथिति बसाल्न कानुन व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ।”
राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै जहाँसुकैका जोकोही भए पनि कानुन व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पार्नुभयो ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानुन व्यवसायीले पु¥याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईँहरूको अझै प्रभावकारी भूमिका रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्याय पाउने हकलाई साकार रुप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानुनी जनशक्ति आवश्यक पर्ने बताउनुभयो ।
उहाँले परिषद्ले आधुनिक समयको माग र जनचाहनाअनुरूप यस प्रकारको उच्च व्यावसायिक दक्षता, नैतिकता एवं यस क्षेत्रका मूल्यमान्यता र जवाफदेहिता बहन गर्ने कानुन व्यवसायी तयार गर्नुपर्ने गुरुत्तर दायित्व निर्वाहमा कुनै कसर बाँकी राख्दैन भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले परिषद्ले कानुन व्यवसायीको इजाजत प्राप्तिका लागि लिने परीक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानुन व्यवसायीको क्षमतालाई सिधै प्रतिविम्बित गर्ने भन्दै व्यावसायिक आचरणको अक्षरशः पालनाले यो पेशाको मर्यादा अभिवृद्धि गर्ने हुँदा यसको पालना भए नभएको निरन्तर निगरानी गर्नेतर्फ परिषद् सचेत र चनाखो रहनुपर्ने सुझाव दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









