बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको हो ।
उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेकाले उनी संसद बैठकमा उस्थित भएनन् ।
प्रदेशसभाको बैठकमा उपस्थित कूल ९२ सदस्य मध्ये उनको विपक्षमा २२ मत प्राप्त भएको छ भने ७ मत तटस्थमा परेको छ ।
गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उनले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिक विश्वासको मत लिएका थिए ।
उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप नै लगाएका थिए
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य









