“सुरक्षा पन्तको ‘धागो’ कात्तिक २८ मा नेपाल–भारतमा एकसाथ रिलिज”

काठमाडौं। अभिनेत्री सुरक्षा पन्तको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘धागो’ आगामी कात्तिक २८ गते नेपाल तथा भारतका सिनेमा हलमा एकसाथ प्रदर्शन हुने भएको छ। निर्माण पक्षले शुक्रवार पोस्टर सार्वजनिक गर्दै फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने बताएका छन्।
चलचित्र उदिप राणा थापाको निर्देशनमा बनेको हो। डुवर्सको चिया बगानमा जन्मे–हुर्केका उदिपसँग १८ वर्षभन्दा बढी समय बलिउडका ठूला प्रोडक्सन हाउस, जी–फाइभ र टेलिभिजन च्यानलमा निर्देशक, प्रोड्युसर तथा क्रिएटिभ हेडको रूपमा काम गरेको अनुभव छ। तर फिचर फिल्मको रूपमा ‘धागो’ उनको पहिलो चलचित्र हो।
निर्देशक उदिप राणाले भने, “धागो मेरो माटो र मेरो मान्छेहरूको कथा हो। यसमार्फत समाजका अनगिन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु। मेरो सफलताको श्रेय मेरा आमा–बुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ।”
फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ। अभिनेत्री सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गालस्थित डुवर्सका प्रभात थापा तथा मिस दार्जिलिङ र मिस नर्थ ईस्ट भारत विजेता सुरभी थापा प्रमुख भूमिकामा देखिने छन्।
अन्य कलाकारहरूमा बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा रहेका छन्। विशेष आकर्षणका रूपमा अभिनेत्री वर्षा राउतले केमियो भूमिका निर्वाह गरेकी छिन्।
चलचित्रको छायाङ्कन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्। सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ्ग संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ तथा ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्याको योगदान रहेको छ।
सङ्गीतकार तथा गीतकार गायक पुष्पन प्रधान हुन्। शीर्ष गीत मन्चारी र रजिन सान्संकरले कम्पोज गरेका छन्। गायनमा पुष्पन प्रधान, आकाङ्क्षा थापा, बाबुता मंगर, बिके परियार, उमेश छेत्री, जुनु गौतम र रजिन सान्संकर छन्।
फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा, सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री, सुपरभाइजिङ प्रोड्युसरमा वहिद एम मुन्सुरी र उदय थापा, प्रोडक्सन म्यानेजर सुरज तोप्पो र प्रोडक्सन कन्ट्रोलर सबिन थापा रहेका छन्।
निर्देशन टिममा नम्रता रोय, देवा, राघव मुदालियर र सुरभि थापा रहेका छन्। फिल्मको डिजिटल पार्टनर OSR Digital रहेको छ। नेपालमा आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्रले सीमामा बाँधिएका नेपालीहरूको जीवन र भावनात्मक धागोलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को









