बेपत्ता पारिएका व्यक्तिको न्यायको मागसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धादिङ, भदौ १५ गते ।
बेपत्ता पारिएका व्यक्तिहरूको न्याय सुनिश्चित गर्न धादिङमा ज्ञापनपत्र बुझाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सीताराम अधिकारीले जिल्ला प्रशासन कार्यालय, धादिङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रत्येक वर्ष अगष्ट ३० मा ‘बेपत्ता पारिएका व्यक्तिको स्मरण दिवस’ मनाइने क्रममा बुझाइएको ज्ञापनपत्रमा २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार ६० दिनभित्र बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता अझैसम्म पूरा नभएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा सत्य तथ्य जान्ने अधिकार, सांस्कृतिक अधिकार तथा राहत र क्षतिपूर्ति अधिकारसमेत हनन भइरहेको भन्दै तत्काल पीडित परिवारलाई न्याय दिलाउन माग गरिएको छ। साथै, राष्ट्रिय मानव अधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा गरेका २२६ वटा सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।
गत २०८२ वैशाख ३१ गते गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई आवश्यक स्रोत साधन उपलब्ध गराई संक्रमणकालीन न्याय टुंग्याउनुपर्ने माग पनि ज्ञापनपत्रमा समावेश गरिएको छ।
इन्सेकले नेपाल सरकार तथा सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न, दोषीलाई कानुनी कारबाही गर्न र पीडित परिवारलाई परिपूरण सुनिश्चित गर्न आग्रह गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो









