लुम्बिनी प्रदेशमा साउन महिनामा मात्रै विपद्का घटनामा परेर ४३ जनाको मृत्यु, ५१ लाख बढीको भौतिक क्षति

दाङ–लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्का घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् ।
सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायतका ३३५ वटा घटना घटेका थिए । ति घटनाका कारण मानवीय क्षति भएको हो । यसरी भएको विपद्ले ५१ लाख बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ ।
बाढीमा परेर २, पानीमा डुबेर २७, आगलागीमा परेर १, विषाक्त खाद्य सेवनका कारण ४, सर्पदंशका कारण ८ र अन्यमा १ गरी ४३ जनाको मृत्यु भएको जनाइएको छ ।
प्रदेशस्तरीय विवरणअनुसार दाङमा ७, कपिलवस्तुमा ९, रूपन्देहीमा ५, बाँकेमा २, गुल्मीमा २, पाल्पामा २, प्यूठानमा ४, बर्दियामा ३, अर्घाखाँचीमा २, नवलपरासी पश्चिममा २, रुकुम पूर्वमा १ र रोल्पामा ४ जनाको ज्यान गएको छ ।
यस अवधिमा २१ निजी घर पूर्ण क्षतिग्रस्त भएका छन् भने १२ आंशिक क्षति भएका छन् । त्यस्तै १ सरकारी भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा २ वटा भवन आंशिक क्षति भएका छन् । पशु क्षति ३० र गोठ क्षति २० रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद् न्यूनीकरण तथा उद्धारमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई अझ सशक्त बनाउने तयारी गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









