अशक्त,असहाय र अपाङ्गता भएकाहरुलाई घरमै गएर भत्ता कार्ड नवीकरण गर्दै वडा अध्यक्ष भण्डारी

नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले अशक्त नागरिकहरुलाई घरमै गएर सेवा दिने वातावरण मिलाउनु भएको छ । वडा भित्र रहेका अशक्त,असहाय र अपांगता भएका नागरिकहरुको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्नको लागि घरमै गएर सेवा दिनु भएको हो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी २०७७ को नियम ४ को उपनियम १ अनुसार प्रत्येक आर्थिक बर्षको भदौ मसान्त भित्र सम्पुर्ण लाभग्राहीहरुको परिचयपत्र नवीकरण गर्नुपर्ने भएकाले सोहि अनुसार टोलटोलमा गएर सेवा दिएको र टोलमा आउन नसक्ने सेवाग्राहीलाई घरमै गएर सेवा दिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

वडा कार्यलयले भाद्र १५ गते पुलबगैचा,पशुपति डाँडा,कुमाल गाउँमा गएर सेवा दिईएको वडा अध्यक्ष भण्डारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । यसैगरी भाद्र १६ गते कुडुले र आपस्वारामा सेवा प्रदान गरीएको छ । वडा भित्रका कोहि नागरिकहरुले परिचय पत्र नविकरण छुट्न भएको भ ए वडा अध्यक्ष धर्मराज भण्डारीको फोन नम्बर ९८५१२००९७७ र वडा सचिव अन्जली श्रेष्ठको फोन नम्बर ९८४०००७२१२ मा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








