राति १० वजेदेखि सुरक्षाकाे लागि सेना तैनाथ हुने

राति १० वजेदेखि सुरक्षाकाे लागि सेना तैनाथ हुने

काठमाडौं । हाल देखिएको अशान्त परिस्थितिमा केही समूहले नागरिक र सम्पत्तिमा क्षति पु¥याउँदै लुटपाट र आगजनी गर्ने गतिविधि बढेपछि नेपाली सेनाले कडा कदम चाल्ने चेतावनी दिएको छ ।

नेपाली सेनाले मंगलबार विज्ञप्ति जारी गर्दै यस्ता विध्वंसात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । सेनाले भनेको छ, “यस किसिमका गतिविधि नरोकिएमा नेपाल र नेपालीको सुरक्षाका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारीअनुसार स्थिति नियन्त्रण गर्न बाध्य हुनेछ ।”

यसैक्रममा, मिति २०८२ भाद्र २४ गते राति १० बजेदेखि सेनासहित सबै सुरक्षा निकाय दृढतापूर्वक खटिने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, सम्पूर्ण राष्ट्रवासीलाई सुरक्षामा सहयोग गर्न सेनाले अपिल गरेको छ ।

नेपाली सेनाले आवश्यकताअनुसार सुरक्षाको पुनर्मूल्याङ्कन गरी थप जानकारी सार्वजनिक गरिने पनि जनाएको छ ।

राति १० वजेदेखि सुरक्षाकाे लागि सेना तैनाथ हुने

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19536, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   5   =