जेनजीलाई बालेनले भने-‘सेनासँग वार्ताका लागि तयार रहनुहोस्’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जारी आन्दोलनबारे स्पष्ट सन्देश दिँदै यसलाई नितान्त Gen Z को आन्दोलन भएको बताएका छन्। युवापुस्तालाई संयमता अपनाउन आग्रह गर्दै उनले देशको जनधनको क्षति नगर्न सचेत गराएका छन्।
सन्देशमा भनिएको छ, “प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।”
युवापुस्ताले अब देशको नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याउँदै मेयर बालेनले भने, “अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला।”
साथै, सेना प्रमुखसँग वार्ता गर्न तयार रहनुपर्ने तर वार्ता अघि संसद् विघटन भएको हुनुपर्ने सर्त पनि उल्लेख गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19520, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार २२:०३नौलो घुम्ती नेपालको अध्यक्षमा मंगलबहादुर नेपाली चयन
समाचार२०८३ आश्विन २४, शनिबार १४:५६नौलो घुम्ती नेपालको रजत जयन्ती, पुनःस्थापना र सामाजिक विकासमा योगदानको चर्चा
समाचार२०८३ आश्विन २४, शनिबार ०५:५१गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:००डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार








