जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्मानमा बुधबार सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गर्न बुधबार (असोज १ गते) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक मनाइने र त्यस दिन सार्वजनिक बिदा रहने जानकारी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मानस्वरूप असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिइनेछ र राष्ट्रिय झण्डा आधा झुकाइनेछ,” भनिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19593, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना







