७४ जना मृतककाे दिप सम्झनामा पोखरामा १००८ दिप प्रज्वलन

पोखरा ।
देशमा शुसासन र परिवर्तनका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका ७४ जना जेनजी युवा–युवती र अन्य मृतक नेपालीहरूको आत्माको चिरशान्तिको कामना गर्दै जीवन विज्ञान परिषद् पोखरा महानगर समितिले विशेष कार्यक्रम सम्पन्न गरेको छ।
पोखराको शक्ति पिठ बिन्ध्यबासिनी माताको मन्दिर परिसरमा रहेको शिव मन्दिरमा आयोजित कार्यक्रममा १००८ दिप प्रज्वलनसँगै २१ पटक सामूहिक ओमकार मन्त्र उच्चारण गरिएको थियो। कार्यक्रममा सहिदको सम्झनामा मौनधारण गरिनुका साथै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् भन्ने प्रार्थना गरिएको थियो।
परिषद्का पोखरा महानगर संयोजक सन्दीप थापाले नयाँ सरकारले असोज १ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको सन्दर्भमा परिषद्ले पनि सहिदको आत्माको चिरशान्तिका लागि आध्यात्मिक अभियानमार्फत कार्यक्रम आयोजना गरेको जानकारी दिए।
कार्यक्रममा जीवन विज्ञान परिषद् केन्द्रीय परिषद् काठमाडौंका संयोजक कल्याणमित्र निर्मला केसी, गण्डकी प्रदेश समितिका निवर्तमान संयोजक गंगालाल पोख्रेल, सहसंयोजक नारायणप्रसाद पराजुली, कास्की जिल्ला समितिका निवर्तमान संयोजक सडगंराज घिमिरे, कास्की नवप्रतिभा संयोजक महेन्द्रप्रसाद पौडेल, संघसंस्था समन्वय समितिका संयोजक रामचन्द्र पौडेललगायत प्रशिक्षक तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19596, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २६, सोमबार १४:३३असल छिमेकी सहकारीको अध्यक्षमा अधिकारकर्मी सुवेदी
समाचार२०८३ आश्विन २४, शनिबार २२:०३नौलो घुम्ती नेपालको अध्यक्षमा मंगलबहादुर नेपाली चयन
समाचार२०८३ आश्विन २४, शनिबार १४:५६नौलो घुम्ती नेपालको रजत जयन्ती, पुनःस्थापना र सामाजिक विकासमा योगदानको चर्चा
समाचार२०८३ आश्विन २४, शनिबार ०५:५१गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत








