विष्णुपादुका मन्दिर हेमजामा भोलिदेखि दुर्गा पूजा तथा विराट ज्ञान महायज्ञ

पोखरा ।
पोखरा–२५, हेमजास्थित विष्णुपादुका (माईस्थान) मन्दिरमा भाेलिदेखि विजया दशमी–२०८२ को अवसरमा दुर्गा पूजा तथा ९ दिने विराट ज्ञान महायज्ञ र देवीभागवत् महापुराण कथा वाचन शुरु हुदैछ ।
विष्णुपादुका माईस्थान मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा हुने महायज्ञ असोज १४ गतेसम्म सञ्चालन हुनेछ। भोलि घट्स्थापनाकाे दिन विहान शोभायात्रासहित महायज्ञ प्रारम्भ हुने भएकाले सम्पूर्ण हेमजावासीलाई शाेभायात्रामा उपस्थित भई धार्मिक–सांस्कृतिक उत्सवलाई भव्य बनाउन आयोजकले आग्रह गरेको छ।
समितिका प्रचार संयोजक कृष्णमान श्रेष्ठले देवीको आराधना, दुर्गा पूजा र महायज्ञमार्फत समाजमा शान्ति, समृद्धि र एकता कायम हुने विश्वास व्यक्त गरे। प्रत्येक दिन देवीभागवत् महापुराण कथा वाचन हुने र नवौं दिन विशेष पूजा कार्यक्रमसमेत आयोजना गरिने उनकाे भनाई छ ।

दशैँमा दुर्गा देवीको आराधना गर्नाले आसुरी शक्तिको नाश भई शुभशक्ति र धार्मिक चेतनाको बृद्धि हुने धार्मिक विश्वास छ। यही परम्परालाई अगाडि बढाउँदै विष्णुपादुका क्षेत्रमा भइरहेको यस आयोजनाले धार्मिक तथा सांस्कृतिक महत्वलाई थप सशक्त बनाउने आयोजकले जनाएकाे छ ।
महापूजा भव्य र सफल बनाउन समितिले अध्यक्ष चुनामणि तिम्सिनाको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएकाे छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19607, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस








