लेखनाथ उवा संघको नवनिर्वाचित नयाँ कार्यसमितिलाई पोखराको बधाई

पोखरा । पोखरा उद्योग वाणिज्य संघले छिमेकी लेखनाथ उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुलीसहित नवनिर्वाचित पदाधिकारी र कार्यसमितिलाई बधाइ ज्ञापन गरेको छ ।
गएको भदौ २० र २१ गते सम्पन्न १५ औं महाधिवेशनबाट जानुका लेखनाथको अध्यक्ष निर्वाचित भएकी हुन् ।
बिहीबार आयोजित स्वागतसहितको बधाइ कार्यक्रममा बोल्दै आयोजक संस्था एवं कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले नेपालको निजी क्षेत्रले नेपालको आधुनिक कालखण्डकै सबैभन्दा बढी संकटको सामना गर्नुपरेको बताए ।
जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण,आगजनी, लुटपाटले त्यो अवस्था आएको बताउँदै उनले भने,‘ हामीमाथि १० वर्षे सशस्त्र द्वन्द्वको समयमा समेत नभएको आक्रमण भएको छ । यो आक्रमणबाट भएको क्षति,सुरक्षा चुनौती र अनिश्चिताले हामीलाई बढो हैरानी दिएको छ ।’
उनले यति हुँदाहुँदै पनि निजी क्षेत्रले हार नमानेको र पुनः धूलो टक्टक्याएर उठ्ने तयारीमा रहेको बताए ।
‘ निजी क्षेत्र युद्धको सिपाही जस्तै हो र यसलाई पिठ्यूँ फर्काएर भाग्ने छुुट छैन । अपराधीलाई कानूनी कठघरामा ल्याएर, क्षतिपूर्ति भराएर र सरकारबाट सुरक्षाको ग्यारेण्टी गराएर हामी पुनः व्यवसायमै फर्कनको लागि तम्तयार हुनु परेको छ,’उनले भने,‘ यसको लागि निजी क्षेत्रको एउटै आवाज हुनुपर्छ भन्नेमा कसैको पनि दुईमत छैन ।’
जेनजी आन्दोलनको क्रममा संघीय राजधानीपछि दोस्रो बढी क्षति पोखराले नै ब्यहोरेको बताउँदै उनले प्रताडित व्यवसायीलाई न्याय दिलाउन र व्यवसायीको मनोबल उच्च बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघले पहलकदमी लिइरहेको पनि बताए ।
कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्ने बताइन् ।
परिवर्तनको लागि नवयुवोको आह्वानमा भएको आन्दोलनमा भएको अराजक तत्वको घुसपैठको मिहिन तरिकाबाट अनुसन्धान हुनुपर्ने तथा क्षति ब्यहोरेका उद्योगी/व्यवसायीहरुलाई राहत दिनुपर्ने उनको भनाइ थियो ।
आर्थिक समृद्धि र बृहत्तर पोखराको हितका निम्ति लेखनाथ र पोखराले लामो समयदेखि सहकार्य गर्दै आइरहेको स्मरण गर्दै उनले भनिन्,‘हामी एउटै महानगरमा रहेका दुई उद्योग वाणिज्य संघहरु बृहत्तर पोखराको हितको लागि काम गर्ने संस्था हौँ । पोखराको समग्र आर्थिक र सामाजिक विकासका निम्ति हामी एकै ठाउँमा छौँ ।
उनले अहिले जग्गा किनेर उद्योग स्थापना गर्छु भन्ने कुरा असम्भवजस्तै रहेको बताउँदै पोखराको वडा नम्बर ३३ र शुक्ला गण्डकी क्षेमा पर्ने पुँडीटारमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम छिटो सक्न माग गरिन् ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले आउँदा चाडपर्वको शुभकामना व्यक्त गर्दै नवनिर्वाचित लेखनाथ उद्योग वाणिज्य संघको टिमलाई बधाइ ज्ञापन गरिन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19809, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र १०, बुधबार १४:२०गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन







