जापानमा भालुको आतंक बढेपछि सेना परिचालन !

जीवन सुवेदी / टोकियो ।
जापानको अकिता प्रिफेक्चरमा भालु आतंक नियन्त्रण गर्न सरकारले सेना नै परिचालन गर्नुपरेको छ । करिब ८० हजार जनसंख्या रहेको अकिता प्रिफेक्चरमा पछिल्लो समयमा भालुको आक्रमण बढेको छ ।
गत वर्षमात्रै भालुका आक्रमणबाट ५० जनाभन्दा बढी घाइते भएका थिए भने दुई जनाको मृत्यु भएको थियो ।
फोहोर फाल्न निस्किएकी ७३ वर्षीया महिला र अर्का ३८ वर्षीय पुरुषको भालुको आक्रमणबाट मृत्यु भएको हो । भालुको आक्रमणबाट कृषकदेखि रिसोर्टका कर्मचारी समेत घाइते हुन पुगेका छन् ।
यसरी भालुले लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि अकिता प्रान्तका गभर्नर केन्ता सुजुकीले गत साता टोकियो पुगेर केन्द्र सरकारलाई भालु आतंक नियन्त्रणमा सहयोग मागेका थिए ।
जापान सरकारले सिकारीलाई तालिम दिएर भालु नियन्त्रण गर्न खोजे पनि सफल नभएपछि अन्ततः सेना परिचालनको निर्णय गर्नुपरेको हो ।
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले भालु आतंक नियन्त्रणका लागि सेना परिचालन भएको जनाएका छन् ।
भालुको प्राकृतिक खानामा कमी आएको तथा जापानको जनसंख्या निरन्तर घटिरहँदा बस्ती समेत पातलिएका कारण मानव बस्तीमा भालुको आतंक बढेको जनाइएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19957, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १२, मंगलवार १५:५९BPR प्रतिवेदन
समाचार२०८३ जेष्ठ १०, आईतवार २१:२९तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता
समाचार२०८३ जेष्ठ १०, आईतवार १७:१६प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
समाचार२०८३ जेष्ठ ९, शनिबार १८:५९नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित







