सूर्यचन्द्र विकास समाजद्वारा २०५ जनाको निःशुल्क रक्त परिक्षण

पाेखरा । सामाजिक सेवामा निरन्तर लागिरहेको पोखरा ५, मालेपाटनमा रहेको सूर्यचन्द्र विकास समाजले आज निःशुल्क रक्त परिक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा २०५ जनाको रक्त परिक्षण तथा स्वास्थ्य जाँच गरिएको समाजले जानकारी दिएको छ ।
समाजले विश्व मधुमेह दिवसको अवसरमा गण्डकी प्रदेशको पहिलो युनाईटेड रेफरेन्स ल्याबोरेटरीको प्राविधिक सहयोगमा निःशुल्क रक्त परिक्षण एवम् स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको हो ।
समाजका अध्यक्ष सावित्री कोईरालाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ५ का वडाध्यक्ष विष्णुप्रसाल वरालले सामाजिक सेवाका क्षेत्रमा पहिचान बनाएको समाजले नागरिकलाई स्वास्थ्य सचेतना र परिक्षणको कार्य गर्नु सह्रानिय कार्य भएको बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा.कृष्णराज अधिकारीले आफ्नो स्वास्थ्यको हेरचाहका लागि स्वयं नागरिक सचेत हुनुपर्ने बताए । आनिबानि, आहार बिहार, खानपानमा विशेष ध्यान दिनुपर्ने बताए उनले बेला बेलामा स्वास्थ्य जाँच गराईरहनु पर्छ, उनले भने, यसो गरियो भने शरिको कुन अंगमा के समस्या भएको हो पत्ता लाग्ने र त्यसको समयमै उपचार गर्न सकिने बताए ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरीका अध्यक्ष ठाकुर प्रसाद पन्तले गण्डकी पहिलो पटक खुलेको संस्था नागरिकको स्वास्थ्यका लागि दत्तचित्त भएर काम गरिरहेको बताए । हामी सिकिस्त भएपछि अस्पताल जाने र ज्यान जोेखिममा परिसकेको अवस्थामा चेत खुल्ने बानिलाई बदल्न जरुरी रहेको बताए ।
कार्यक्रममा वडा नं ५ का वडा सदस्यहरु हरिमाया विश्वकर्मा, कल्पना भुवाजी क्षेत्री, गोविन्द पराजुली, मणिराम वरालको उपस्थिति रहेको थियो ।
युआरएलका प्रवन्धक गणेश कोईराला, सल्लाहकार वालकृष्ण शर्मा, वाराही मावि व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज कोइराला, प्रधानाध्यापक शिवप्रसाद भण्डारी, धर्मस्थली आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण कोईराला, प्रधानाध्यापक वदन कुमार शर्मा, कञ्चन बचतका अध्यक्ष कृष्ण वराल, धर्मस्थली बचतका अध्यक्ष सारदा बहादुर थापा, केशवप्रसाद कोईराला, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा आमा समूहका सदस्यहरुको सहभागिता थियो । कार्यक्रमकाे सञ्चालन समाजका महासचिव दीपक वरालले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20021, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार ०४:५५लागूऔषध खैरो हेरोइनसहित पोखराबाट एक जना पक्राउ
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा








