डा.शर्माको नोबेल हस्पिटल उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताको रुपमा पर्न सफल नोवेल हस्पिटल सम्मानित भएको हो ।
आर्थिक वर्ष २०८०÷०८१ मा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सवै भन्दा बढी कर तिरेर राज्यको राजस्व प्रणालीलाई मजबुत बनाउन योगदान दिएको भन्दै नोबेललाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यगर्दै आएको नोबेल यस वर्ष पनि उत्कृष्ट करदाताको सूचीमा अग्रस्थानमा रहेको विभागले जनाएको छ। नोबेल मेडिकल कलेज डा।सुनिल शर्माकी छोरी सोइना शर्माले सम्हालिरहेकी छिन्।
विभागले अन्य श्रेणीका उत्कृष्ट करदाताहरूलाई पनि सार्वजनिक गरेको छ। संस्थागत करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण पहिलो स्थानमा रह्यो भने व्यक्तिगत करदातातर्फ राजबहादुर शाह उत्कृष्ट ठहरिए।
एकलौटी फर्म श्रेणीमा थर्ड आइ इन्टरनेशनल, वस्तु निर्माणमा डाबर नेपाल, सूचना प्रविधि सेवा निर्यातमा ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपन्छीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक तथा वित्तीय सेवामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, पर्यटनतर्फ सोल्टी होटल लिमिटेड, र वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि उत्कृष्ट करदाता घोषित भए।
यस्तै, ५० देखि १०० करोड वार्षिक कारोबार समूहमा ब्रिडिएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भयो। डमीमूलक उद्योग श्रेणीमा भोटेकोशी पावर कम्पनी प्रालिले सबैभन्दा बढी कर तिर्यो। रेमिट्यान्स तथा मनी ट्रान्सफरमा आईएमई लिमिटेड उत्कृष्ट करदाता रह्यो भने निर्यातमुखी उद्योग श्रेणीमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गर्यो।
नोबेल मेडिकल कलेजको निरन्तर कर योगदानलाई यस वर्ष पनि सरकारी निकायले उच्च प्रशंसा गरेको छ, जसले निजी स्वास्थ्य क्षेत्रले राष्ट्रको कर संरचनामा कति महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने पुष्टि गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









