मार्पाक सामुदायिक क्लबद्वारा ‘खेलाडी उपचार सहायता कोष’ स्थापना

धादिङ, ११ मंसिर ।
धादिङको मार्पाक सामुदायिक क्लब (CCM) ले ‘खेलाडी उपचार सहायता कोष’ स्थापना गरेको छ। साबिक मार्पाकका पूर्व तथा हालका खेलाडीहरू उपचार खर्चको अभावमा समस्यामा नपरोस् भन्ने उद्देश्यले मंसिर ११ गतेदेखि कोष सञ्चालनमा ल्याइएको क्लबका अध्यक्ष शिव कार्कीले जानकारी दिनुभयो।
हालै पूर्व–फुटबल खेलाडी सुमन अधिकारी गम्भीर अवस्थामा उपचार खर्च नहुँदा ‘मर्नु न बाच्नु’ स्थितिमा पुगेपछि क्लबका अध्यक्ष शिव कार्की र सचिव अदिप अधिकारीले उनलाई काठमान्डु ल्याई अस्पताल भर्ना गराएको क्लबले जनाएको छ। अस्पताल भर्नाका क्रममा निबर्तमान अध्यक्ष सुदिप अधिकारीले सहयोग गरेका थिए भने महासचिव काजिराम अधिकारीले क्लबभित्र तथा खेलाडी र पूर्व खेलाडीहरूबाट सहयोग संकलन अभियान सञ्चालन गर्नुभएको थियो।
उपचारका लागि करिब १ लाख १२ हजार रुपैयाँ संकलन भएको र सुमन अधिकारी अहिले स्वस्थ हुँदै गएको क्लबले जनाएको छ। आवश्यक फलोअप खर्च व्यक्तिगत रूपमा प्रदान गरी बाँकी २५ हजार रुपैयाँ ‘खेलाडी उपचार सहायता कोष’मा राख्ने निर्णय गरिएको क्लबका पदाधिकारीहरूले बताएका छन्।
आगामी दिनमा कुनै पनि खेलाडी वा पूर्व खेलाडीलाई उपचार खर्च अभावमा अस्पताल भर्ना हुन समस्या परेमा सोही कोषबाट सहयोग उपलब्ध गराइने महासचिव काजिराम अधिकारीले जनाउनुभयो।
२०७६ सालमा ई. रवि अधिकारीको अध्यक्षतामा स्थापना भएको मार्पाक सामुदायिक क्लबले स्थानीय क्षेत्रमा एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको छ, जसले निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको क्लबले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल








