किवो स्काउट क्याम्प २०८२ सुरु

धादिङबेशी,१८ मंसिर । न्यू किबो बोर्डिङ स्कुलमा किवो स्काउट क्याम्प २०८२ औपचारिक रूपमा उद्घघाटन गरिएको छ । तीन दिनसम्म चल्ने यो क्याम्प मङ्सिर २० गतेसम्म जारी रहनेछ ।
क्याम्पको उद्घाटन किवो स्काउट ट्रूपका इकाई प्रमुख प्रयास रेग्मीको सभापतित्व तथा धादिङका अगुवा स्काउटर बद्री अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि अधिकारीले स्काउटको नारा “सधैं तयार हौ” वाचन गर्दै क्याम्पको शुभारम्भ गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अधिकारीले स्काउटले युवाहरुलाई अनुशासित, जिम्मेवार र समाजसेवामा प्रेरित गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनु भएको छ ।
यसको निरन्तरताले समाजमा सकारात्मक परिवर्तन ल्याउने समेत अधिकारीले बिश्वास व्यक्त भयो । स्काउटले बालबालिकामा अनुशासन कायममा टेवा पुग्ने उहाँको जोड थियो । क्याम्पका संयोजक तथा स्काउट शिक्षक विनोद थापा मगरले तिन दिनको विस्तृत कार्यतालिका प्रस्तुत गर्दै ४५ जना सहभागी स्काउटरलाई अनुशासित, सक्रिय र सदैव तत्पर भएर सबै सेसनमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँका अनुसार क्याम्पमा आइसब्रेकिङ गतिविधि, ब्लड ग्रुपिङ, स्काउट क्याम्पिङ तालिम, प्राथमिक उपचार तालिम, स्काउट नट प्रशिक्षण, क्याम्प फायरिङ लगायत विद्यार्थीको व्यावहारिक सीप अभिवृद्धि गर्ने महत्वपूर्ण सिकाइ समावेश गरिनेछ ।
त्यसैगरी उद्घाटन समारोहमा बोल्दै ईकाई अध्यक्ष तथा कार्यक्रममा सभापति प्रयास रेग्मीले स्काउट गतिविधिले विद्यार्थीलाई आत्मनिर्भर, सेवा भावनाले प्रेरित तथा चुनौतीपूर्ण परिस्थितिमा समेत सहजै समायोजन गर्न सक्षम बनाउने जीवनोपयोगी कौशल प्रदान गर्ने बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न








