लैंगिक हिंसा विरुद्ध पुरुषहरूको ऐक्यबद्धता : महिला–पुरुष समसचेतना कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा ‘लैंगिक हिंसा विरुद्ध पुरुषहरूको ऐक्यबद्धता : महिला–पुरुष समसचेतना कार्यक्रम’ सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष विष्णु प्रसाद बरालले यो कार्यक्रम महानगरका सबै ३३ वटै वडामा आयोजना गरिएको जानकारी दिए। उनले नोभेम्बर १० देखि २५ सम्म १६ दिने अभियान सञ्चालन गरिएको बताए।
संविधानमा उल्लेख गरिएका अधिकारहरू व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा घर, टोल र समाजमा विभिन्न प्रकारका हिंसाका घटना हुने गरेको उल्लेख गर्दै अध्यक्ष बरालले यस्ता घटनालाई न्यूनीकरण गर्न वडा कार्यालयले सचेतनामूलक कार्यक्रममार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
आफैँ नागरिक सचेत नभएसम्म जतिसुकै कानुन बनाए पनि त्यसको प्रभावकारिता नहुने उनको भनाइ थियो। सबै नागरिक सचेत भएमा हिंसाका घटना क्रमशः घटाउन सकिने विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रममा पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, वडा सदस्य गोविन्द पराजुली, ताल बराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारीलगायतले महिलामात्र होइन, पुरुष पनि हिंसाबाट पीडित हुने भएकाले आपसी सम्मान, सहकार्य र चेतनाको विकास आवश्यक रहेको बताए। यस्ता अभियानलाई शिक्षासँग जोडेर अघि बढाउन सके सबै खाले हिंसा न्यूनीकरण गर्न सकिने उनीहरूको धारणा थियो।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तारा शर्माले प्रस्तुतिकरण दिएकी थिइन्। जनप्रतिनिधि हरिमाया विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जनप्रतिनिधि मणिराम बरालले राखेका थिए भने कार्यक्रम सञ्चालन जनप्रतिनिधि कल्पना क्षेत्रीले गरेकी थिइन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20156, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







