एनटिभिए गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन कार्यक्रम आजदेखि

पोखरा। नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आजबाट पोखरादेखि ढोरपाटनसम्मलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।
आन्तरिक पर्यटनको प्रवद्र्धनको उद्दे्श्यका साथ बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दहालले जानकारी दिए ।
कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहित ४५ जनाको सहभागिता रहेको छ ।
प्रवद्र्धन टोलीललाई पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पदान समितिका संयोजक गोपिबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने लगायतले पोखराबाट औपचारिक विदाई गरेका थिए ।
कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा आज बाग्लुङमा कास्कीको घान्द्रुक, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम प्रदान गरिने संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद अचार्यले जानकारी दिए ।
उनका अनुसार ढोरपाटनमा शुक्रबार त्यहाँका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका साथै आन्तरिक पर्यटनको विकास सम्बन्धमा छलफल एवम् अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रवद्र्धन टोली २६ गते पोखरा फर्कने आयोजकले जनाइएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20184, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम








