वाइफाई सिक्समा आधारित ‘सिक्स–जी’ इन्टरनेट वर्ल्डलिंकबाट सुरु

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले वाइफाई सिक्स प्रविधिमा आधारित ‘सिक्स–जी’ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले यसअघि फाइभ–जी इन्टरनेट सेवा दिँदै आएकोमा अब नयाँ पुस्ताको वाइफाई प्रविधि प्रयोग गरी सेवा विस्तार गरेको हो ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले ‘सिक्स–जी’ नाम मोबाइल नेटवर्कको सिक्स–जी नभई वाइफाई सिक्स प्रविधिलाई आम उपभोक्ताले सजिलै बुझून् भनेर प्रयोग गरिएको स्पष्ट पारे ।
उनका अनुसार नयाँ सेवाले अहिलेको भन्दा ४० प्रतिशत बढी कभरेज, ७५ प्रतिशत कम लेटेन्सी र चार गुणा बढी गति प्रदान गर्छ ।
सिक्स–जी इन्टरनेट सेवा ५ सय एमबीपीएसको मासिक १ हजार ३ सय ३४ रुपैयाँमा उपलब्ध गराइएको छ ।
वाइफाई सिक्स प्रविधिले एउटै राउटरबाट धेरै प्रयोगकर्ता एकै समयमा जडान हुँदा पनि इन्टरनेट गति नघट्ने र कभरेज टाढासम्म पुग्ने कम्पनीको दाबी छ ।
बलियो सिग्नल, कम ढिलाइ र सुरक्षित डब्लूएपी–३ प्रणालीका कारण दैनिक काम, अनलाइन अध्ययन तथा अफिसका गतिविधि अझ सहज हुने अपेक्षा गरिएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20261, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग
समाचार२०८३ असार २१, आईतवार १२:२९गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ बारे संवाद
समाचार२०८३ असार १९, शुक्रबार १७:१०रुकुमपूर्वमा इन्फिनिटी लघुवित्तद्वारा १०० बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग






