हेमजा युनाईटेडद्वारा गौरीशंकर आ.विमा न्यानाे कपडा वितरण

हेमजा । हेमजा युनाईटेड पोखरा–२५, हेमजाले न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ ।
संस्थाले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि कापी,कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ( स्विटर, टोपी) वितरण गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिए । उनले सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको भनाई राखे । श्रेष्ठले हेमजा यूनाईटेड खेलकुदसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा लागेकोमा प्रशंसा गरे ।
हेमज युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले वार्षिक क्यालेन्डर अनुसार खेलकुदसँगै मासिक रूपमा सामाजिक हितका लागि विभिन्न काम गर्दै आइरहेको बताए ।
साेहि अनुरूप स्टेशनरी सामग्री र मौसम अनुकूल विद्यालयमा न्यानो कपडा वितरण गरिएको उनकाे भनाई छ ।
जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने साथै स्टेशनरी सामग्रीले पठनपठानमा प्रोत्साहन गर्ने उनकाे विश्वास छ ।
अध्यक्ष श्रेष्ठले विद्यालयमा प्रविधियुक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणको लागि संस्था सधैं साथमा रहने प्रतिबद्धता जनाए ।
विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायण बहादुर कुवार , प्रधानाध्यपक ईन्द कुमारी पुन लगायतले बोलेका थिए ।
क्लब पदाधिकारी, अभिभावक, शिक्षक शिक्षिका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने क्लबका सचिव महादेव अधिकारीले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20276, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २, मंगलवार ०८:१३रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०६:२३दोस्रो पोखरा खेलकुद महोत्सव सुरु, ११ खेल समावेश
समाचार२०८३ जेष्ठ ३०, शनिबार १९:४०महिला पत्रकारका लागि आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण सुरु
समाचार२०८३ जेष्ठ ३०, शनिबार ०६:०४कास्कीमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयनमा जोड








