रौतहटको चन्द्रनिगाहपुरमा ग्याँस बोकेको ट्यांकर दुर्घटना

रौतहट- पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर धन्सार खण्डमा LPG ग्यास बोकेको ट्यांकर दुर्घटनामा परेको छ।
दुर्घटना राजमार्गको बीच सडकमै भएकाले सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि ट्यांकरबाट ग्यास लिक भइरहेको छ, जसका कारण आगो लाग्ने वा विस्फोट हुन सक्ने उच्च जोखिम रहेको छ। ग्यास लिक भइरहेकाले अवस्था संवेदनशील बन्दै गएको र कुनै पनि सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने प्रहरीले जनाएको छ।
दुर्घटनापछि नेपाल प्रहरी, ट्राफिक प्रहरी र सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ।
सुरक्षा कारण देखाउँदै प्रहरीले उक्त सडक खण्ड तथा आसपासको जंगल क्षेत्रमा नजान सर्वसाधारणलाई कडा अनुरोध गरेको छ। साथै सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत आग्रह गरिएको छ।
ग्याँस लिक नियन्त्रणमा लिन र ट्यांकर सुरक्षित रूपमा हटाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र प्रहरीले सर्वसाधारणलाई भिडभाड नगर्न, घटनास्थलबाट टाढा रहन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








