काठमाडौँको साँखु नजिकै बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ- काठमाडौँको शङ्खरापुर नगरपालिका-३ मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये एकजना ५५ वर्षीया शान्ति गुप्ता रहेको खुलेको छ । अन्यको सनाखत हुन बाँकी रहेको छ ।
आज साँझ करिब ६ बजेतिर शङ्खरापुर नगरपालिका-३ फेदी जङ्गलस्थित सडकमा जर्सिङपौवाबाट साँखुतर्फ आउँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा करिब ४० जना घाइते भएको प्रहरीको भनाइ छ ।
नेचर हब भन्ने संस्थाका कर्मचारी पिकनिक गएर फर्कँदा बस दुर्घटनामा परेको थियो ।
बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको र घाइतेहरुलाई विभिन्न ८ वटा अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १७:४३संसदमा उठ्यो अभिनेत्री काजल कर्ण प्रकरण, निष्पक्ष छानबिनको माग
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
सूचना-प्रविधि२०८३ असार ३०, मंगलवार १२:२७एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन









