राजु शाह निर्देशित ‘जाँड’ले पायो ‘पिजी’ सर्टिफिकेट

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले नेपाली चलचित्र ‘जाँड’लाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट प्रदान गरेको छ। राजु शाहको निर्देशनमा बनेको यस चलचित्रले सेन्सरबाट पिजी मान्यता पाएको हो।
गत निफ फिल्म फेस्टिभलमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको चलचित्र नगरकोट वरपरका विभिन्न स्थानमा खिचिएको हो।
राजेन्द्र भट्टको निर्माणमा बनेको ‘जाँड’मा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहाल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूसँगै रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा, पटकथा र संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह तथा राजेन्द्र भट्टले लेखेका हुन्। चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहनुभएको छ। मुख्य सहायक निर्देशकमा शम्भु गौतम र किशोर डंगोल छन् भने नरेन्द्रकुमार केसी सह–निर्देशक रहनुभएको छ।
दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेको चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। निर्माण नियन्त्रकको भूमिकामा सुनिलप्रसाद श्रेष्ठ रहेका छन् । गीततर्फ श्रीपुरुष ढकालको शब्द, रोशन बालुवाको संगीत तथा स्वर समावेश गरिएको छ।
निर्देशक राजु शाहका अनुसार चलचित्रले जाँड (मद्यपान) का कारण समाजमा व्यक्ति कसरी बदनाम हुन्छ, पारिवारिक जीवनमा त्यसको असर कस्तो पर्छ र जाँड खाने पुरुषलाई पत्नी, छोरी तथा समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने विषयवस्तुलाई उजागर गरेको छ।
यस्तै निर्माता सुनिलप्रसाद श्रेष्ठले चलचित्रले ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने समाजमा गहिरो रूपमा जरा गाडेको सोच र कुसंस्कारको विरोधमा आवाज उठाएको बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन









