जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग

पोखरा । यूकेमा रहेका सचित गुरुङको १९ औं जन्मदिनको अवसरमा उनका बाबा चन्द्रबहादुर र आमा शान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीलाई आर्थिक सहयोग गरेका छन् ।
छोराको जन्मदिनमा गुरुङ दम्पतीले एनपिजेए कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा सचितका बाबा चन्द्रबहादुर गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका सचिव धनबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार र सहारा क्लब, पोखराका सदस्य समेत रहेका गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् ।
सहयोग ग्रहण पछि एनपिजेए कास्कीका सचिव गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो ।
छोरा सचितको जन्मदिनको अवसरमा गुरुङ दम्पतिले पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रममा २५ हजार ५ सय रुपैयाँ नगद र बेलुकाको खानासहित खाद्यान्न सहयोग गरिसकेका छन् । साथै, सहारा क्लब, पोखराले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका बालकहरुलाई पनि बेलुकाको खाना र खाद्यान्न सहयोग उपलब्ध गराएका थिए ।
चन्द्रबहादुर र शान्ता गुरुङ दम्पतीले यूकेमा गोर्खा हिल क्यास एण्ड क्यारी सञ्चालन गरिरहेका छन् । सचित अहिले यूकेमै सिभिल इन्जिनियरिङ पढिरहेका छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20926, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम








