चलचित्र ‘परालको आगो’को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं। आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परालको आगो’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ।
नारी दिवसको अवसरमा सार्वजनिक गरिएको पोस्टरले दर्शकमाझ फिल्मप्रति थप उत्सुकता बढाएको देखिन्छ। पोस्टरमा सुनौलो घामले उज्यालिएको खेतबारीको बीचमा डोकोमा अडेस लगाएर बसेकी अभिनेत्री सुहाना थापाको भावपूर्ण मुद्रा देखाइएको छ, जसले पोस्टरलाई जीवन्त बनाएको छ। उनको अनुहारमा झल्किएको गहिरो संवेदना र शान्त भावले कुनै नारीको भित्री कथा बोलिरहेको अनुभूति दिलाउँछ।
पोस्टरमा देखिएको ग्रामीण परिवेश, परम्परागत डोको तथा पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता झल्काउँछ। प्रकृतिको न्यानो प्रकाश र नरम रंग संयोजनले दृश्यलाई अझ आकर्षक बनाएको छ। नारीको संवेदना, संघर्ष र सौन्दर्यलाई एउटै फ्रेममा प्रस्तुत गरिएको यो पोस्टरले फिल्मको भावनात्मक गहिराइको संकेत पनि दिन्छ।
ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा देखिनेछन्।
निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुहाना, सौगात र प्रकाशका साथै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँको पनि अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटाले गरेका छन्। फिल्मको छायांकन संकल्प भुजेलको रहेको छ।
फिल्ममा नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरले गरेका छन्। भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन्। फिल्मको मिक्सिङ मुकेश शाहको रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।
फिल्मको पाश्र्वसंगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप र प्रकाश सपुतको योगदान छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ।
कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करणबहादुर साउद हुन्। सह–निर्मातामा सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १९:१६लागुपदार्थ दुर्व्यसनी र बालमैत्री स्थानीय शासनबारे मनरुपी माविका विद्यार्थीलाई अभिमुखिकरण
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ८, सोमबार १२:२१एचआइभीका नयाँ रोगी पहिचान
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित









