बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त

काठमाडौं । नेपाली कथानक चलचित्र ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त सम्पन्न भएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले क्यामेरा अन गर्दै चलचित्रको औपचारिक शुभारम्भ गरेका हुन्।
आर.डी.एस. नेपाल प्रस्तुत रहेको यस चलचित्रको निर्देशन देवप्रसाद धिमालले गर्नेछन्। धिमाल स्वयं निर्माता पनि हुन् भने पंकज सरदार सह–निर्माता छन्। चलचित्रमा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माताको रूपमा संलग्न छन्।
चलचित्रको सह–निर्देशक विजयराज भुर्तेल, द्वन्द निर्देशन राजु किरात र छायाङ्कन नरेश ऐयरले सम्हाल्ने निर्माण टिमले जनाएको छ।
चलचित्रमा शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्का लगायत कलाकारको अभिनय रहनेछ।
निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन काठमाडौं र भोजपुरका विभिन्न स्थानमा हुनेछ। मुख्य छायाङ्कन चैतको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ।
शुभमुहूर्त कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, गीतकार शंकर अधिकारी ‘घायल’ लगायत चलचित्रकर्मीको उपस्थिति थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १, सोमबार ११:५८स्वास्थ्य मन्त्रालयको माग्याे करार कर्मचारीको विवरण
समाचार२०८३ भाद्र १, सोमबार ०८:४१देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जनसहित चट्याङको सम्भावना
समाचार२०८३ भाद्र १, सोमबार ०७:५०गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३१, आईतवार १२:००प्रदीप खड्काको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘टनेल २६’को टिजर सार्वजनिक









