बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५४ युनिट रगत सकंलन

पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एशोसिययसनले बाह्रौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी त्रित्राङ्गत बरालले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी त्रित्राङ्गत बरालले बुद्व विशाल बजार व्यापारिक एशोसियसन व्यापारीहरूको संस्था भए पनि सामाजिक उतरदायित्व बहन गर्ले विभिन्न सामाजिक कार्यहरू गर्दे आईरहेकोमा धन्यवाद दिदै संघ संस्थाहरू नेपाल सरकारको तथा संस्थाको आफ्नो विधान अन्तरगत चल्नुपर्ने बताउदै नेपालको कानुन भन्दा माथि कोहि पनि नहुने बताए ।
कार्यक्रममा बिशिस्ट अतिथि पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा महानगरपालिकामा
आफ्नो तर्फबाट एशोसियसनलाई के कस्तो सयोग तथा सल्लाहको आवश्यकता पर्छ सयोग गर्ने आफू प्रतिवद्वता रहेको बताउदै पोखराको नै पुरानो मार्केट विशाल बजारको साख बचाई राख्न एशोसियसनलाई आग्रह गरे ।
कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका महासचिव शोभा गौतमले सवैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदै आफुले व्यवसायीहरूको हक हितको लागि सधैव आवाज उठाउने गरेको बताउदै आगामी दिनमा पनि उठाउने बताईन् ।
रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने भएकोले सवैभन्दा ठूलो धान रक्तदान भएको बताउदै खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले सामाजिक उत्ररदायित्व बहन गर्दे बाह्रौं पटक रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल कस्मेटिक व्यवसायी संघकी उपाध्यक्ष सरू बराल लगाएतले बोलेका थिए ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुंवरको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने एशोसियसनका महासचिव थमनसिह गुरूङले कार्यक्रम सन्चालन गरेका थिए ।
कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्रको टोलिले बिशेष सयोग गरेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21086, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ३, बुधबार १७:४१पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर
समाचार२०८३ असार ३, बुधबार ०८:१३समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय
समाचार२०८३ असार २, मंगलवार ०८:१३रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान
समाचार२०८३ असार १, सोमबार १५:१२नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण






